७ श्रावण २०८३, बिहिबार

भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, दशैं भत्तासमेत दिने



काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरूपमा क्षतिग्रस्त भए पनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीको रोजगारी जोगाउने निर्णय गरेको छ ।

सञ्चालक मीनबहादुर गुरुङका अनुसार क्षति अत्यधिक भए पनि कर्मचारीलाई जागिरबाट नलिकाल्ने बताए । उनका अनुसार तलब रोकिने छैन ।

गुरुङले भदौ महिनाको तलबसहित दशैं भत्ता पनि दिने घोषणा गरेका छन् । भाटभटेनीमा कार्यरत हरेक सदस्यहरु आफ्नो परिवार भएकाले यस्तो निर्णय गरेका हुन् ।

आन्दोलनका कारण अनुमानित १५ अर्ब रुपैयाँसम्म पुगेको गुरुङले बताए । उनका अनुसार स्टोर पुन: सञ्चालनमा ल्याउने तयारीमा भइरहेको छ ।

काठमाडौंका केही स्टोर तीन महिनाभित्र र बाँकी १० महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । उनले भने,‘व्यापार केवल पैसा कमाउने लागि होइन, देश बनाउन र रोजगारी दिनका लागि हो ।


प्रतिक्रिया दिनुहोस्