११ श्रावण २०८३, सोमबार

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर, तीन विभागको नेतृत्व फेरियो



काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय भित्र तीन सहसचिवको जिम्मेवारी फेरबदल गरेका हुन् ।

नयाँ जिम्मेवारी अनुसार महेश आचार्य अब वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सम्हाल्ने छन् । यसअघि उनले तालिम केन्द्रको प्रमुखको भूमिमा थिए ।

यस्तै, सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखामा सरुवा गरिएको छ । पोखरेलले भने यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

यता, महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नेतृत्व दिइएको छ । बराल यसअघि वित्तीय संघीयता महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।