भैसेपाटीमा खुल्याे सामसङ प्लाजाके १४ औं नयाँ शोरूम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भैसेपाटीमा खुल्याे सामसङ प्लाजाके १४ औं नयाँ शोरूम



काठमाडैं । सामसङ प्लाजा, नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाईल फोन स्टोरले भैसेपाटी, ललितपुरमा आफ्नो १४ औं नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ।

शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले गरेका हुन् । जसले सामसङ प्लाजाको नवीनता, गुणस्तर, र ग्राहक सन्तुष्टिलाई निरन्तर प्रदान गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको उनले बताए।

नयाँ सामसङ प्लाजाले भैसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई प्रामाणिक सामसङ प्लाजा नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य अभिनव इलेक्ट्रोनिक उत्पादनहरूको प्रदान गर्ने उद्देश्य राखेको छ।

यस विस्तारसँगै, सामसङले आफ्ना मूल्यवान उपभोक्ताहरूसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवाहरू अझ नजिक पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

यो विस्तारले कम्पनीकाे दृष्टिकोणलाई प्रकट गरी ग्राहक पहुँच अझ सहज बनाउन र उन्नत प्रविधि प्रत्येक नेपाली घरधुरीमा पुर्‍याउन मद्दत गर्ने कम्पनीले जनाएकाे छ।

नयाँ सामसङ प्लाजा भ्रमण गर्ने ग्राहकहरूले विशेष अफरहरू, आधुनिक खरिद वातावरण, र तालिमप्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन प्राप्त गर्ने अपेक्षा राख्न सक्छ, जसले उनीहरूलाई आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहयोग पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस्