पदभार ग्रहण गर्दैै नवनियुक्त कृषिमन्त्रीले-भने हरेक वर्ष हुने मल अभावको समस्या समाधान गर्छौँ
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले हरेक वर्ष मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि साेमबार पदभार ग्रहण गर्दै उनले यस्ताे प्रतिवद्धता जनाएका हुन् ।
यस्तै उनले विभिन्न क्षेत्रमा देखिएका बेतिथीलाई अन्त्य गर्न मन्त्रालयका कर्मचारी टीमसंग मिलेर अघि बढ्ने बताएका छन् ।
फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने उनजकाे भनाइ छ ।













