विद्युत प्राधिकरणको नयाँ नेतृत्वमा सिलवालको आगमन
काठमाडौं । लामो समय प्राधिकरणको वितरण प्रणालीसँग जोडिएर काम गरेका इन्जिनियर मनोज सिलवालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) को रूपमा पदभार ग्रहण गरेका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङको सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गरेको हो । हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नेतृत्वमा ल्याइएको हो।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा पाँचौँ तहबाट सेवा प्रारम्भ गरेका थिए । प्राधिकरणभित्र वितरण प्रणाली, ग्राहक सेवा र फिल्डको वास्तविकतालाई निकटबाट चिनेका उनी १२औं तहसम्म उक्लिएर २०८१ माघमा अवकाश भएका थिए ।












