डा. बाबुराम भट्टराईले दिए अध्यक्ष पदबाट राजीनामा
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा आयोजित केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् ।
बैठकले पार्टीको केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । महाधिवेशनको तयारीका लागि आयोजक कमिटी गठन गरिएको छ ।
जसको संयोजक वरिष्ठ उपाध्यक्ष दुर्गा सोब रहने तयारी गरिएको छ ।












