युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाको राजीनामा
काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनकारीले युलेन्स स्कुलमा राणाको लगानी रहेको भन्दै उक्त स्कुलमा तोडफोड तथा आगजनी गरेका थिए । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
उक्त विवादपश्चात कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।
‘ उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उनले राजिनामा दिएको बताइएको छ ।
स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ ।













