सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, २१ लाख भन्दा बढीकाे हात खालि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, २१ लाख भन्दा बढीकाे हात खालि



काठमाडाैं। सर्वसाधारणका लागि जारी भएकाे सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कान गरेकाे आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको आईपीओमा १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही बेरमा https://iporesult.cdsc.com.np/ मा गइ हेर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्