सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० पुग्यो, चाँदीकाे पनि उच्च
काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार पनि सुनचादीकाे मूल्य बढेकाे छ । गत शुक्रबार ताेलामा १२०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ७०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख २३ हजार २०० रूपैयाँ निर्धारण भएकाे छ ।
गत शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख २२ हजार ५०० रूपैयाँ निर्धारण भएकाे थियाे ।
यस्तै अघिल्लो दिनको तुलनामा चाँदीकाे मूल्य ७० रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजाे चाँदी २ हजार ७४० रूपैयाँमा कारोबार भएको थियो ।













