तालिबानले गर्‍यो देशव्यापी दूरसञ्चार तथा इन्टरनेट सेवा ठप्प - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तालिबानले गर्‍यो देशव्यापी दूरसञ्चार तथा इन्टरनेट सेवा ठप्प



काठमाडाैं । अफगानिस्तानमा तालिबान सरकारले देशव्यापी दूरसञ्चार सेवा बन्द गरेको छ।

फाइबर-अप्टिक इन्टरनेट लाइन काट्न थालेको केही सातापछि अफ्गानस्थानमा टेलिकम सेवा सँगै इन्टरनेट सेवा पनि ठप्प भएकाे हाे ।

इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार हाल अफगानिस्तान पूर्ण रूपमा ‘इन्टरनेट ब्ल्याकआउट’ को अवस्थामा छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले राजधानी काबुलस्थित आफ्ना कार्यालयहरूसँग सम्पर्क टुटेको बताएका छन्। मोबाइल इन्टरनेट र स्याटेलाइट टिभीसमेत देशभर गम्भीर रूपमा अवरुद्ध भएको छ।

स्थानीय मिडियाका अनुसार यसबाट बैंकिङ सेवा र काबुल विमानस्थलका उडानहरू समेत प्रभावित भएका छन्।

तालिबानले यस बन्दाबन्दीको आधिकारिक कारण भने अझै सार्वजनिक गरेको छैन। सन् २०२१ मा सत्तामा आएदेखि तालिबानले आफ्नो व्याख्याअनुसार इस्लामिक सरिया कानुनको आधारमा धेरै प्रतिबन्ध लगाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्