दशैँ बिदापछि ह्वात्तै घट्यो शेयर बजार: नेप्सेमा साढे ५८ अंकको पहिरो, ४ अर्ब ६२ करोडको कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दशैँ बिदापछि ह्वात्तै घट्यो शेयर बजार: नेप्सेमा साढे ५८ अंकको पहिरो, ४ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । दशैं बिदापछि पहिलो दिन मंगलबार खुलेको सेयर बजारमा भारी अंकको गिरावट आएको छ । दशैं बिदा अघिको अन्तिम कारोबार दिन (असोज १२ गते) दोहोरो अंकले बढेको सेयर बजार आज २.१९ प्रतिशतले घटेको हो ।

यसदिन ५८.५५ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक २६ सय ४ दशमलव ९६ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक घटेपनि यसदिन काराेबार रककमा भने दाेब्बर वृद्धि देखिएकाे छ । आज ३२६ कम्पनीकाे १ कराेड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ कराेड ९० लाख ४२ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत असाेज १२ गते ३ सय १४ वटा कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको थियाे।

यसदिन सबै समुहकाे सेयर घटेकाेमा अन्य समुह सर्वाधिक ४.८३ प्रतिशतले घटेकाे छ । यस्तै जलविद्युत २.७४, हाेटल तथा पर्यटन २.७२, विकास बैंक २.३८ र निर्जीवन बीमा समुहकाे सेयर मूल्य २.०४ प्रतिशतले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्