सुनको मूल्य एकैदिन तोलामा ४२०० रुपैयाँ घट्यो, चाँदीकाे बढ्याे
काठमाडाैं । लगातार बढेर इतिहासकै उच्च बिन्दु कायम गरेकाे सुनकाे मूल्य शुक्रबार भने घटेकाे छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ४२०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख २ लाख ३५ हजार रुपैयाँ निर्धारण भएकाे छ ।
बिहिबार छापावाल सुन प्रतिताेला २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएकाे थियाे ।
यत आज चाँदीकाे मूल्य भने बढेकाे छ ।बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।













