११ श्रावण २०८३, सोमबार

विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा २५ लाख पुर्‍याइयाे

विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा २५ लाख पुर्‍याइयाे



काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा बढाएको छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०८१ को शंसोधन गरी केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको हो ।

नेपालीविदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिने बैंकद्वारा जारी परिपत्रमा भनिएको छ ।

यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी आएको रेमिट्यान्स प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।