एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ३००० रूपैयाँ बढेकाे हाे ।
लगातार बढेर इतिहासकै उच्च बिन्दु कायम गर्दै आएको सुनको मूल्य गत शुक्रबार घटेको थियाे भने आज फेरी बढेकाे छ ।।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पन बढेको छ । शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँमा काराेबार भएको चाँदीकाे मूल्य आज ३ हजार १ सय २५ रूपैयाँ कायम भएकाे छ ।













