६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी, बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी, बोलायो साधारण सभा



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

लाभांश वितरण तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक २१ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्