३ प्रतिशतले घट्याे नेप्से, काराेबार पाैने ७ अर्ब नजिक
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७८.८३ अंकले घटेको छ ।
यसदिन ३.२४ प्रतिशतले घटेको नेप्से परिसूचक २५ सय ०३ दशमलव ३५ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको छ ।
गत बिहिबार ३१३ कम्पनीकाे १ कराेड १८ लाख ३० हजार कित्ता सेयर ५ अर्ब २७ कराेड ३२ लाख २१ हजार रूपैयाँमा किनबेच भएकाे थियाे ।
आज सबै समुहकाे सेयर घटेकाेमा सबैभन्दा बढी हाेटल तथा पर्यटन र अन्य समुहकाे सेय मूल्य घटेकाे छ । यी दुई कम्पनीको सेयर आज ४.८४ र ४.७९ प्रतिशत घटेकाे छ । यसबाहेक हाइड्राेपावर फाइनान्स र लगानी समुहकाे सेयर ३ प्रतिशत भन्दा बढीले घटेकाे छ ।













