१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने तयारी



काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी तीव्र रूपमा अगाडि बढाइएको छ ।

गत शुक्रबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका आयुक्तहरूबीच भएको छलफलमा आयोगले सो मितिमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि असोज २१ गते आयोगका आयुक्तहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेकी थिइन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा सहभागी थिए ।