दुई महिनामा मोबाइल बैंकिङबाट ४ खर्ब ६८ अर्बकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दुई महिनामा मोबाइल बैंकिङबाट ४ खर्ब ६८ अर्बकाे काराेबार



काडमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबार मार्फत रु.८७ अर्ब ३२ करोड बराबरको भुक्तानी कारोबार गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट उपलब्ध चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौको महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड २५ लाख कारोबारबाट रु ४ खर्ब ६८ अर्ब १५ करोड बराबरको कारोबार भएको छ भने क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड १० लाख कारोबारमार्फत रु १ खर्ब १ अर्ब २३ करोड कारोबार भएका छन्।


प्रतिक्रिया दिनुहोस्