राजनीतिक नियुक्ति पाएका ११ राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय, को-को परे सूचीमा ?
राजनीतिक नियुक्ति पाएका ११ राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय, को-को परे सूचीमा ?
काठमाडाैं । अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई सरुकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान गरी ११ देशका राजदुत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
फिर्ता बोलाइएकाहरूमा चीनका लागि नेपाली राजदूत प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल रहेका छन् ।
यस्तै स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको छ ।













