कोरोनाको संक्रमणबाट साउदीमा ८२ नेपालीको ज्यान गयो
काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको ज्यान गएको छ ।
दुतावासका अनुसार वैदेशिक रोजगारीका क्रममा साउदी पुगेकामध्ये ५ हजारभन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन भने ८२ जनाले ज्यान गुमाएका छन ।साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीसँगै रोजगारी गुमाएका र अलपत्र परेका करिब ११ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन । २६ हजार ९ सय ५६ जनाले स्वदेश फर्किनका लागि आवेदन दिएका छन् ।













