आज एकैदिन तोलामा ७ हजार १०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ किनबेच ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज एकैदिन तोलामा ७ हजार १०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?



काठमाडौँ । शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्