१ कार्तिक २०८३, आइतबार

निर्वाचन तयारीमा सरकार सक्रिय, सुरक्षा रणनीति कार्यान्वयनमा



काठमाडौं । सरकार आगामी निर्वाचनका लागि तयारीमा जुटेको छ । आइतबारदेखि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा जान लागिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकाय प्रमुखहरूसँग छलफल भएको जानकारी दिँदै भनिन्,‘निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणमा छलफल केन्द्रित थियो ।’

सरकारले राजनीतिक दलहरूसँग संवाद सुरु गरिसकेको छ । माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग प्रधानमन्त्रीले भेट गरिसकेकी छन् । गृहमन्त्री अर्यालले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन अभाव नहुने बताएका छन् ।