लक्ष्मी पूजाकाे दिन बढ्याे सुन-चाँदीकाे मूल्य, कति छ ताेलाकाे ?
काठमाडाैं । आज लक्ष्मी पूजाकाे दिन सुनचाँदीकाे मूल्य बढेकाे छ । सोमबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ३०० रूपैयाँ र चाँदी प्रतिताेला ५ रूपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५३ हजार ५०० रूपैयाँ ताेकिएकाे छ ।
आइतबार छापावाल सुन प्रतिताेला २ लाख ५३ हजार २०० रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य प्रतिताेला ३ हजार २८० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे चाँदी प्रतिताेला ३ हजार २७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।













