१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्रीले बोलाइन् छलफलका लागि सात दलका नेताहरूलाई बालुवाटार

प्रधानमन्त्रीले बोलाइन् छलफलका लागि सात दलका नेताहरूलाई बालुवाटार



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्न सात वटा राजनीतिक दललाई बालुवाटार बाेलाएकी छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनसम्बन्धी विषयमा परामर्शका लागि यो बैठक बोलाइएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन अनुरोध गर्दै औपचारिक पत्र पठाएकी छन्।

छलफलका लागि उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव समूह) र जनमत पार्टीलाई आमन्त्रित गरेकी छन्।