गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको नयाँ अध्यक्षमा कल्पना खापुङ सर्वसम्मत चयन भएकी छन् । संस्थापक संचालक खापुङ आजै अर्थात् कात्तिक ११ गतेदेखि लागू हुने गरि अध्यक्ष बनेकी हुन् ।
यसअघिका अध्यक्ष गौरब बुढाथोकिले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनको राजिनमा कात्तिक ९ गते आइतबार बसेको बैठकले स्वीकृत गरिेको थियो ।











