बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’, मध्येनेपालमा धान मित्र्याउनै समस्या - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’, मध्येनेपालमा धान मित्र्याउनै समस्या



काठमाडौँ । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीले वर्षा गराइरहेका बेला अब फेरि बंगालको खाडीबाट वर्षाको अर्को प्रणाली नेपाल भित्रिने देखिएको छ ।

दक्षिण भारतको तमिलनाडू र अण्डमान निकोबारको बीचतिरबाट विकास भएको ‘मोन्था’ चक्रवात मंगलबार अझै बढी शक्तिशाली हुने मौसमविदहरुले जनाएका छन् । यस कारण भारतमा भारी वर्षा हुनेछ भने केही दिन पछि नेपालमा पनि यही चक्रवाती प्रणालीले वर्षा गराउने अनुमान गरिएको छ ।

भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रीय ‘मोन्था’ मंगबार अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ । यसबाट आन्ध्र प्रदेश र तमिलनाडूका केही भागमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ ।

यही ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार केही दिनमै यो प्रणाली नेपालमा प्रवेश गर्ने छ । आगामी बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्ने अनुमान गरिएको छ ।

यता बुधबार विहानसम्म अरब सागरकै प्रणालीले वर्षा गराउने भनेर जल तथा र्मासम विज्ञान विभागले भनेको छ । यसरी दोहोरो प्रणालीको मारमा परेर मध्ये नेपालका किसानहरुले धान मित्र्याउन समस्या हुने देखिएको छ । लामो समय वर्षा भएमा धानबालीलाई नकारात्मक असर पार्ने छ । पाकेको बाली भित्र्याउन समस्या हुनसक्ने आँकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्