२५ भदौ २०८३, बिहिबार

सोल्टी होटलको संचालकमा नेवानिका दाहाल



काठमाडौं । सोल्टी होटल लिमिटेडको संचालकमा टंक निधि दाहाल मनोनयन भएका छन् ।

उनी नेपाल वायु सेवा निगमका प्रतिनिधित्व गर्दै होटलको संचालकमा नियुक्ति भएका हुन् । यसअघि निगमको तर्फबाट युवराज अधिकारीले प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त संचालक दाहाललाई कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले संस्थागत सेयरधनीको तर्फबाट नियुक्ति गरिएको हो । दाहाल निगमका मार्केटिङ विभागका निर्देशक हुन् ।