१ कार्तिक २०८३, आइतबार

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय



काठमाडौं । सरकारले आगामी माघ ११ गते आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनका लागि मिति तय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

२०७६ को चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ । जसमा वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद छन् । उनले पद छोडेपछि राष्ट्रपतिले नयाँ मनोनीत सदस्य चयन गर्नेछन् । अब १८ सदस्यका लागि निर्वाचन हुनेछ ।