एक बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ?



काठमाडौं । आज (कात्तिक १३ गते बिहीबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका छ ।

यी तीनै वटा कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् शुक्रबार (कात्तिक १४ गते) र १६ गते बुक क्लोज गर्दैछन् । त्यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले आगामी आइतबार बुक क्लोज गर्दैछ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) दिने प्रस्ताव गरेको छ । बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको छ ।

यता, भोलि बुक क्लोज गर्न लागेको गुराँस लघुवित्तले पनि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते साधारण सभा बोलाएको छ ।

यता, यो वर्ष मुुक्तिनाथ कृषि कम्पनीले पनि ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ । यसका लागि कम्पनीले आगामी कात्तिक २१ गते शुक्रबार साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्