भिजिट भिसाका पुराना प्रावधान खारेज, विभागले जारी गरेका नयाँ व्यवस्था के-के हुन् ?
काठमाडौं । भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले हालसम्म लागू रहेका सबै प्रावधान र मापदण्ड खारेज गरी नयाँ नियम लागू गरेको छ ।
गृह मन्त्रालयको कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पुराना ६ बुँदे मापदण्डसहितका सबै निर्देशिका र व्यवस्था रद्द गरिएको विभागले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत विभागले नयाँ भिसा प्रावधान सार्वजनिक गरेको हो । नयाँ प्रावधानअनुसार वैदेशिक भ्रमणमा जाने व्यक्तिले कुनै बिचौलियाको प्रभावमा नपरी आफैंले गन्तव्य देशबारे पर्याप्त जानकारी लिएर यात्रा गर्नुपर्नेछ ।
यात्राका लागि कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन–अराइभल भिसा हुने देशको प्रमाण, हवाई टिकट, भ्रमणको कारण र आवश्यक कागजात सहितको स्वघोषणापत्र आवश्यक हुने विभागले जनाएको छ ।
विभागले भ्रमणका क्रममा कुनै समस्या परे यात्रु स्वयं जिम्मेवार हुने स्पष्ट पारेको छ ।













