तपाइँले तिर्ने बिजुलीको महशुल कति लाग्छ, के तपाइँलाई थाहा छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तपाइँले तिर्ने बिजुलीको महशुल कति लाग्छ, के तपाइँलाई थाहा छ ?



काठमाडौँ । अचेल मूल: शहरी क्षेत्रमा बसोबास गर्ने धेरै मानिसहरु घर बहालमा बस्ने गरेका छन् । १ वा दुईटा कोठादेखि एक फ्ल्याटसम्म बहालमा लिएर बस्नेहरुको संख्या असाध्यै ठूलो छ ।

यसरी बहालमा बस्नेहरुले एक युनिट (किलोवाट घण्टा) बिजुलीको १० देखि १५ रुपैयाँसम्मका दरले घरधनीलाई पैसा बुझाउनु पर्छ । केही वर्ष अघिसम्म कतिपय स्थानमा त १८–२० रुपैयाँ पनि लिने गरेको भनेर गुनासा सुनिने गरेका थिए ।

यही प्रसङ्गमा एक पल्ट नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशकले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘विद्युत् महशुलमा व्यापार गर्न पाइँदैन । प्राधिकरणले तोकेको दरभन्दा बढी पैसा असुलेको पाइएमा कारबाही गर्छौँ ।’

तर कोठा वा फ्ल्याटमा बस्नेहरु र घरधनीबीच कुनै आधिकारिक करारनामा हुने गरेको छैन । अनौपचारिक रुपमै यस्तो अर्थतन्त्र चलेको छ । बैंकमा ऋण लिँदा बहालबाट हुने आम्दानी देखाए पनि घरधनिहरुले बहालकर तिर्ने गरेका छैनन् ।

उनीहरुको हिसाब मिलानमा पनि त्यस्तै समस्या छ । नगद वा डिजिटल जुनसुकै कारोबार भए पनि एकमुष्ठ पैसा दिनुपर्ने हुन्छ । धेरैले सवामिटर त राखेका हुन्छन्, तर त्यसको आधारमा ‘बिलिङ’ भने अनौपचारिक हुन्छ ।

त्यसैले विजुलीको पैसा भनेर घरधनी विरुद्ध उजुरी दिने अवस्था देखिँदैन । कतिपय घरधनीले कागजको चिर्कटोमा हिसाब निकालेर पनि दिन्छन् । तर त्यसलाई प्रमाण मानेर पुष्टि गर्न सजिलो हुँदैन । त्यसमाथि घरधनीसँगको सम्बन्ध वा आफ्ना लागि राम्रो हुञ्जेल बस्ने र त्यसो नभए छाड्ने चलनले मानिसहरु उजुरी गर्न गइरहेका छैनन् ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा चाहीँ नेपाल विद्युत् प्राधिकरणले कुन भाउमा बिजुली बेच्छ र घरधनीले कति रुपैयाँका दरले पैसा तिर्छन् भन्ने जानकारी नै अधिकांशका छैन ।

अहिले विद्युत् महशुलको विवाद चर्किएका बेला हामीले गार्हस्थ र व्यावसायिक ग्राहकका लागि तोकिएको बिजुलीको भाउ याद गराउन चाहेका छौँ ।

यस्तो छ गार्हस्थ (घरायसी) र थ्रि फेज विद्युतको महशुल दर :


प्रतिक्रिया दिनुहोस्