जेनजी आन्दोलनमा तोडफोड भएको चन्द्रागिरि केबलकार पुनः सञ्चालमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजी आन्दोलनमा तोडफोड भएको चन्द्रागिरि केबलकार पुनः सञ्चालमा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएकाे चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा तोडफोड तथा आगजनी भई बन्द रहेको केबलकार मर्मतपछि शनिबारबाट पुनः सञ्चालनमा आएको हो ।

कम्पनीले आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरी पुनः सञ्चालनमा ल्याएको जनाएकाे छ।

प्रदर्शनकारीले केबलकारको मुख्य सञ्चालन युनिट तथा केबलकारको गन्डोला पार्किङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफिसप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेसनमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुर्‍याएका थिए ।


प्रतिक्रिया दिनुहोस्