बिक्री आम्दानीसँगै घट्यो हिमालयन डिष्टिलरीको खुद नाफा र प्रतिशेयर आम्दानी
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडकाे खुद नाफा र बिक्री आम्दानी घटेकाे छ ।
बिहिबार सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार कम्पनीको नाफा ५४.६१ प्रतिशत घटेको छ।
असोज मसान्तसम्ममा कम्पनीले ९ करोड २ लाख रुपैयाँ मात्र नफा कमाएकाे छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउकाे थियाे ।
यस्तै गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४८ करोड रुपैयाँबराबरको कुल बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ७ करोड रुपैयाँबराबरको मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७.६४ प्रतिशत घटेको हो।
याेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ।













