अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी 'सटडाउन' अन्त्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी ‘सटडाउन’ अन्त्य



काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी बन्द अन्त्य भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार पुनः सञ्चालनका लागि खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी बन्द अन्त्य भएको हो ।

ट्रम्पले बुधबार राति प्रतिनिधिसभाले २२२–२०९ मतले पारित गरेको छोटो अवधिको विधेयकमा केही घण्टामै हस्ताक्षर गरेका हुन्। सो विधेयक दुई दिनअघि मात्र सिनेटले सानो बहुमतका साथ पारित गरेको थियो।

हस्ताक्षर पछि बोल्दै ट्रम्पले भने, ‘सरकार अब सामान्य सञ्चालनमा फर्किनेछ । ४३ दिन लामो बन्दका कारण ‘धेरै मानिसहरू गम्भीर रूपमा प्रभावित भएका छन्।’

गत अक्टोबरदेखि धेरै सरकारी सेवा बन्द भएका थिए र करिब १४ लाख संघीय कर्मचारीहरू बिना तलब विदामा वा तलबबिना काम गर्दै आएका थिए। खाद्य सहायता पनि रोकिएको थियो र हवाई यातायात देशभर अवरुद्ध भएको थियो।

अब केही दिनभित्र सरकारी सेवाहरू पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

उक्त पारित विधेयकले आगामी जनवरी ३० सम्मका लागि मात्र सरकार सञ्चालनका लागि बजेट उपलब्ध गराउनेछ। त्यसपछि सांसदहरूले पुनः नयाँ खर्च विधेयक पारित गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्