सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्यो नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर
काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ।
आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको सीजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल CGMRAF8LAI ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ।
CGMRAF8LAI – नेपालको पहिलो एआई एयर फ्रायर हो। यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ। यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र Internet of Things (IoT) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।
त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ।
साथै, यस उपकरणलाई सीजी स्मार्ट होम मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्छन्।
२५ स्वचालित मेनु सहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ। यसमा खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि रहेके छ ।
ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमता (८ लिटर)को बास्केट रहेके छ भने फ्राइ, ग्रिल, रोस्ट वा बेक एकै उपकरणमा विविध पकाइ विकल्पहरू रहेका छन् ।
यसमा ८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण गर्ने क्षमता छ भने सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि तेल बिना नै कुरकुरे स्वाद बनाउन सकिन्छ ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजी ब्रान्डले सँधै उच्चस्तरीय उत्पादनहरू बजारमा ल्याउन प्रतिबद्धता जनाउँदै आएको छ। प्रविधिको प्रगतिलाई र बजारको आवश्यकता अनुसारसीजी मेरिडियाले नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ ।
सीजी मेरिडिया स्मार्ट एयर फ्रायरले एआई प्रणाली, स्मार्ट सेन्सर, क्यामेरा–आधारित फुड डिटेक्सन र IoT कनेक्टिभिटी को संयोजनमार्फत नेपालमा नयाँ स्तरको घरेलु प्रविधि ल्याएको छ। एआई प्रणालीले प्रत्येक पकाइमा तापक्रम, समय र मोडलाई स्वतः समायोजन गरी हरेक पटक उत्तम, स्वस्थ र स्वादिष्ट परिणाम सुनिश्चित गर्छ। जसले “Cook Smart, Eat Healthy” को नयाँ युगको सुरुवात गरेको छ र यसको प्रयोग पनि अत्यन्तै सरल र प्रयोगकर्तामैत्री रहेको छ, जसका कारण सबैले यसलाई सजिलै प्रयोग गर्न सक्छन्।
CGMRAF8LAI को अधिकतम खुद्रा मूल्य १६ हजार १४० रूपैयाँ निर्धारण गरिएको छ र यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू, तथा कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिन्छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।













