चीन जापानबीच बढ्यो युद्ध खतरा, आ-आफ्ना नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन चेतावानी
काठमाडौं। जापानले चीनमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षाका उपायहरू कडाइका साथ अपनाउन र भीडभाड भएका स्थानहरूबाट टाढा रहन सचेत गराएको छ ।
चीनसँग ताइवान विषयमा बढ्दो विवादका बीच, जापानले आफ्ना नागरिकहरूलाई सुरक्षा चेतावनी दिएको हो ।
हालैका कूटनीतिक घटनाक्रमपछि चिनियाँ मिडियामा जापानप्रति देखिएको नकारात्मक भावनाका कारण सुरक्षाका उपायहरू अपनाउन जापानी नागरिकलाई सचेत गराइएको हो ।
जापानी प्रधानमन्त्री साने ताकाइचीले चिनियाँ आक्रमणले यदि जापानको अस्तित्वलाई नै खतरा पु¥यायो भने सैन्य प्रतिक्रिया आवश्यक पर्न सक्नेतर्फ आफ्ना संसिदहरुलाई सचेत गराएकी छिन् । उनको यस्तो अभिव्यक्तिले वर्षौँयताकै गम्भीर कूटनीतिक तनावको अवस्था उत्पन्न गरेको छ।
मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले सार्वजनिक गरेको सुचनामा देश वा क्षेत्रको सुरक्षा अवस्था तथा राजनीतिक–सामाजिक परिस्थितिको समग्र मूल्यांकनका आधारमा यस्तो निर्णय गरेको उल्लेख छ ।
चीनस्थित जापानी दूतावासले सोमबार पनि नागरिकहरूलाई स्थानीय चलन–चल्तीको सम्मान गर्न र चिनियाँ नागरिकहरूसँगको व्यवहारमा सावधानी अपनाउन आग्रह गरेको थियो। दूतावासले बाहिर निस्कँदा वरपरका गतिविधिबारे सतर्क रहन, एक्लै यात्रा नगर्न र बालबालिकासहित हिँड्दा विशेष सावधानी अपनाउन भनेको थियो।
अलिकति पनि शंका लाग्ने व्यक्त वा समूह देखिएमा, उनीहरू नजिक नजा् र तत्काल त्यहाँबाट टाढा रहने भनिएको छ ।
विवाद चर्किँदै जाँदा चीनमा कम्तीमा दुई जापानी फिल्महरूको प्रदर्शन पनि निलम्बन गरिएको छ। घरेलु दर्शकको बिग्रँदो धारणा ध्यानमा राखेर यस्तो निर्णय गरिएको चिनियाँ राज्य प्रसारक सिसिटिभीले उल्लेख गरेको छ ।
एनिमेटेड फिल्म “क्रेयोन शिन–चान द मूभिः सुपर हट! स्कोर्चिङ कसुकाबे डान्सर्स“ र मंगा–आधारित “सेल्स एट वर्क!“ जस्ता जापानी फिल्महरू, जुन छिट्टै चीनमा प्रदर्शन हुने तालिकामा थिए, अब तय समयअनुसार प्रदर्शन नहुने सिसिटिभीलले जनाएको छ।
तनाव कम गर्ने प्रयास
बेइजिङले लोकतान्त्रिक रूपमा सञ्चालित ताइवानलाई आफ्नो भाग मान्दै आएको छ भने आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा लिने विकल्प खुला राखेको छ। ताइवानले भने चिनियाँ दाबी अस्वीकार गर्दै केवल ताइवानी जनताले आफ्नो भविष्य निर्धारण गर्ने बताउँदै आएको छ।
ताइवान जापानी भू–भागबाट करिब ११० किलोमिटर टाढा मात्र छ, र त्यस वरपरका जलमार्गहरू जापानका लागि महत्वपूर्ण समुद्री मार्ग हुन्। जापानमा विदेशस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो तैनाथी पनि छ।
चीनले आफ्ना नागरिकहरूलाई जापान भ्रमण रोक्न आग्रह गर्ने लगायतका प्रतिवादका कदम चालेपछि जापानले चर्कँदो तनाव कम गर्ने प्रयास गरिरहेको बताइएको छ।
गत आइतबार, चीनका तटरक्षक जहाजहरूले जापानद्वारा नियन्त्रित तर चीनले दाबी गरेका पूर्वी चीन सागरका केही टापु वरपरका जलक्षेत्रबाट यात्रा गरे भने जापानी तटरक्षहरुले चिनियाँ जहाजहरूलाई त्यहाँबाट धपाएको बताएको छ।
अमेरिकाले यी टापु जसलाई जापानले सेनकाकु र चीनले दियाओयु भन्छ त्यसलाई औपचारिक रूपमा जापानको भू–भागका रूपमा मान्यता नदिए पनि २०१४ देखिनै जापान–अमेरिका सुरक्षा सन्धिअन्तर्गत आक्रमण भएमा रक्षा गर्ने बताउँदै आएको छ।
आइतबार चिनियाँ तटरक्षकका जहाजहरू जापानले नियन्त्रणमा राखे पनि चीनले दाबी गर्ने पूर्वी चीन सागरका टापु नजिकबाट गुज्रिएका थिए। जापानी तटरक्षकले ती जहाजहरूलाई त्यहाँबाट धपाएको बताएको छ।
अमेरिकाले यी टापुजसलाई जापानले सेनकाकु र चीनले दियाओयु भन्छ, त्यस टापुलाई औपचारिक रूपमा जापानको भू–भागका रूपमा मान्यता नदिए पनि २०१४ देखिनै जापान–अमेरिका सुरक्षा सन्धिअन्तर्गत आक्रमण भएमा रक्षा गर्ने बताउँदै आएको छ।
चिनियाँ कदमहरूका बाबजुद दुर्लभ खनिज तथा अन्य सामग्रीहरूमा चीनको निर्यात नियन्त्रणमा कुनै विशेष परिवर्तन नभएको जापानका व्यापार मन्त्री रियोसेई अकाजावाले बताए। जापान इलेक्ट्रोनिक्सदेखि गाडीसम्मका उद्योगका लागि यी खनिजहरूमा अत्यधिक निर्भर छ।
सोमबार राति जापानका तीन प्रमुख व्यापार महासंघका प्रमुखहरूले ताकाइचीसँग भेट गर्दै कूटनीतिक तनाव समाधानका लागि संवादको समेत आग्रह गरेका छन् ।













