मंगलबार सुन-चाँदीकाे मूल्यमा भारि गिरवट, ताेलाकाे कति ?
काठमाडौं । मंगलबार नेपाली बजार सुनचाँदीको मूल्यमा भारी गिराटव आएको छ । सोमबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन ३ हजार ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ३९ हजार ५०० रूपैयाँ ताेकिएकाे छ ।
साेमबार छापावाल सुन प्रतिताेला २ लाख ४३ हजार ३०० रूपैयाँ ताेकिएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।













