९ श्रावण २०८३, शनिबार

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त



काठमाडौं । मधेश प्रदेशसभा बैठकले सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको ठहर गर्दै दुई तिहाइ बहुमतले पदमुक्त गरेको छ ।

बुधबार बसेको बैठकमा मत विभाजन प्रक्रियामार्फत गरेको मतदानमा उपस्थित ७८ मध्ये ७६ जनाले प्रस्तावको पक्षमा मतदान गरेपछि उपसभामुख बबिताकुमार राउत ईशरले मण्डल पदमुक्त भएको घोषणा गरिन् ।

सात दलीय गठबन्धनका ६४ सांसदले गत २७ कात्तिकमा दर्ता गराएको प्रस्तावमा आजछलफल भएको हो । छलफलपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनासाथ बहुमतले पारित भएको हो ।


प्रतिक्रिया दिनुहोस्