नर्वे–स्वीट्जरल्याण्डको ७.१ मिलियन डलर अनुदान स्वीकार, यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं । सरकारले नर्वेबाट करिब ५ मिलियन अमेरिकी डलर र स्विट्जरल्याण्डबाट करिब २.१ मिलियन डलरसहित करिब ७.१ मिलियन डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंसिर २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले नेपाल स्टक एक्सचेञ्ज पुनर्संरचना अध्ययनका लागि सुझाव समिति गठन, दिगो तथा समावेशी परियोजनाका लागि विश्व बैंकसँग ९५ मिलियन डलर सहुलियत ऋण वार्ताको तयारी, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिताका लागि सचिव तथा मन्त्रीहरूलाई स्वीकृति लगायतका निर्णय पनि गरेको छ ।
त्यस्तै, अध्यागमन नियमावली परिमार्जन गर्दै माथिल्लो मुस्ताङ भ्रमण अनुमति शुल्क प्रतिदिन ५० डलर तोकिएको छ । २०८२ भदौमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय पनि गरिएको छ ।















