आज पनि बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज पनि बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजो एकैदिन २८०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ ।

हिजाे छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४२ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ३५ रूपैयाँ बढेकाे छ । हिजाे प्रतिताेला ३ हजार १५० रुपैयाँमा कारोबार भएकाे चाँदीकाे भाउ आज ३ हजार १८५ रूपैयाँ ताेकिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्