९ श्रावण २०८३, शनिबार

रवि र छविको थुनामुक्ति सम्बन्धी निवेदनको सुनुवाइ स्थगित



काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र संगठित अपराध अभियुक्त छविलाल जोशीले बिगोबमोजिम रकम बुझाई थुनाबाहिरैबाट मुद्दा लड्न पाउने माग गर्दै गरेका निवेदनको सुनुवाइ आज स्थगित गरिएको छ ।

आजको पेसी पाटन उच्च अदालतमा पनि लामिछानेको अर्को सुनुवाइ परेकाले उनका कानुन व्यवसायीले बुटवल इजलासमा समय सार्न अनुरोध गरेपछि सुनुवाइ स्थगित भएको हो ।

यसअघि न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुद्दा अघि बढाउन सर्वोच्च अदालतबाट मूल मिसिल झिकाउने आदेश दिएका थिए । मिसिल प्राप्त भएपछि आजका लागि पेसी तोकिएको थियो । अदालतले लामिछाने र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा हेर्न आदेश गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्