सिमरा घटनाको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो साढे २ बजे राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।
बैठक बिहिबार २ः ३० बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ।
बाराको सिमरामा भइरहेको घटनालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।
सिमरामा बुधबार एमाले नेताहरू जाने भएपछि जेनजी युवाहरूले विमानस्थलमा तोडफोड तथा सडकमा आगजनी समेत गरेका थिए ।
आज पनि युवा र प्रहरीबीच झडप हुँदा सिमरा बजार तनावग्रस्त छ भने जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।













