७ श्रावण २०८३, बिहिबार

श्रीनगर एग्रीटेकको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



काठमाडौं । श्रीनगर एग्रीटके इन्डष्ट्रीज लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ हजार ६२ हजार ५०० कित्ता र संस्थापकहरु तर्फ १ करोड ३० लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको आइपीओ आगामी आइतबारदेखि कारोबारमा आउने छ । पहिलो कारोबारका लागि कम्पनीले १०० रुपैयाँदेखि ३०१.७७ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्