उर्जामन्त्री कुलमान घिसिङलाई संसदीय समितिले बोलायो छलफलमा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो ।
आज बिहान साढे ११ बजे बस्ने बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता लगायत विभिन्न विषयमा छलफल हुनेछ ।
घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिने समिति सचिवालयले जनाउकाे छ ।













