अर्थ मन्त्रालयले राेक्याे खुद्रे कार्यक्रम अन्तर्गत १९ कार्यक्रमकाे ८ अर्ब ७२ करोड बजेट
काठमाडाैं । सरकारले खुद्रे कार्यक्रम अन्तर्गत सिँचाइतर्फका १९ वटा कार्यक्रमकाे ८ अर्ब ७२ करोड रुपैयाँ रकम रोक्का गरेको छ ।
यसअघि अर्थ मन्त्रालयले खुद्रे कार्यक्रम कटौती गर्ने निर्णय गरेकाे अर्थमन्त्रालयले यस अन्तर्गत १९ शिर्षकमा रहेकाे बजेट राेक्का गरेकाे हाे ।
सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जलस्रोत तथा सिँचाइतर्फका सचिव सरिता दुवाडीले ‘मन्त्रालयको कुल बजेटमध्ये १९ वटा बजेट शिर्षकहरुमा गरेर ८ अर्ब ७२ करोड रुपैयाँ रोक्का भएकाे बताइन् ।
त्यस्तै, कुल २५ लाख ३७ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म १५ लाख ८६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि उनले बताइन् ।
चालू आर्थिक वर्ष २०८२/०८३ मा थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिए पनि बजेट कटौतीका कारण लक्ष्यमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको उनकाे भनाइ छ ।













