जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक
काठमाडाैं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टाेरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ।
नेपालमा क्रम्प्टन उत्पादहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।
क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हिटिङ पर्फमेन्स र सुरक्षित हिटिङ सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘Acenza Plus’ (ASWH-6115/6125) र ‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हिटिङ एक्सपेरियन्स प्रदान गर्ने कम्पनीको दाबी छ।
जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव
कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टाेरेज हिटिङ टेक्नाेलाेजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।
एक्जेनिया प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हिटिङ पर्फमेन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर साेलुशन प्रदान गर्छ।
नयाँ मोडेलका प्रमुख विशेषताहरू
क्रम्प्टनका दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:
• Robust Glassline Coating – Hard Water Condition मा पनि ट्यांकलाई दिगो र सुरक्षित राख्ने।
• LED Water Temperature Notification – पानी तत्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने LED सूचक।
• Anti-Scale Technology – ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
• 3 Bathing Modes – Hygiene, Baby Care र Hair Care Mode; परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।
एसेन्जा प्लस सिरिज : स्मार्ट इनर्जी म्यानेजमेन्ट टेक्नाेलाेजी समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाइ हिटिङ पर्फमेन्स अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हिटिङ साेलुशनका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।
सोलारियम केयर सिरिज : फाइभ स्टार इनर्जी रेटिङ समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री हिटिङ एक्सपेरियन्स प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।
देशभरका सीजी डिजिटल शो–रूमहरू, सीजी इलेक्ट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई-कमर्स प्लेटफर्महरूमा नयाँ क्रम्प्टन गिजरहरूको बिक्री सुरु गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले आफ्टर सेल्स सभिर्स, इन्सटलेशन सपाेर्ट, तथा स्पेयर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।













