७ श्रावण २०८३, बिहिबार

अन्तत: मार्जिन कारोबार खोल्दै सेबोन, ७ दिनभित्र सुझाव माग्दै निर्देशनको मस्यौदा सार्वजनिक



काठमाडौं । ज्यादै लामो प्रतीक्षा र करीब डेढ दशकदेखिको अनवरत मागपश्चात् अन्तत: मार्जिन कारोबार खोल्न नियामक निकाय तयार भएको छ । यस सम्बन्धी व्यवस्था अघि बढाउने भनेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार प्रस्तावित मस्यौदा प्रकाशन गरेको छ ।

‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा)’ सार्वजनिक गरेर सेबोनले सुझाव मागेको छ । यसपछि कुनै सुझाव आएमा त्यसलाई बोर्डले उक्त निर्देशनको हिस्सा मान्न पनि सक्छ । नत्र अब यसै मस्यौदाले अन्तिम रूप पाउनसक्छ ।

धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत् सेयर बजारका लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले यो मस्यौदा तयार गरेको हो ।

सेबोनले प्रकाशित गरेको सूचनामा ७ दिनभित्र रायसुझाव पठाउन आह्वान गरेको छ ।

उक्त निर्देशनको प्रस्तावित मस्यौदामा मार्जिन सुविधा पाउनका लागि सम्बन्धित कम्पनीको योग्यता तोकिको छ । जस्तै,

  • कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको
  • नेटवर्थ कम्तिमा चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको
  • पछिल्लो तीन वर्षमध्ये कम्तिमा दुई वर्ष लाभांश वितरण गरेको
  • प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष अवधि पूरा भएको
  • धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको

यस्तो खालको सूचिकृत संगठित संस्थाको सेयर मार्जिन कारोबार सुविधाको लागि योग्य निर्देशनको मस्यौदामा उल्लेख छ ।

मस्यौदाको पूर्ण पाठ यस्तो छ :


प्रतिक्रिया दिनुहोस्