लाभांश प्रस्ताव पारित गर्न सिकलेस हाइड्रोपावरले डाक्याे साधारण सभा
काठमाडाें । सिकलेस हाइड्राेपवर लिमिटेडले मंसिर २९ गते २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीकाे साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सभा मंसिर २९ गते साेमबार आभ्या क्लब, घारीपाटन १७ पोखरामा बिहान ११ बजे सुरू हुनेछ।
सभाले २०८२ अषाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजिको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ नगद (कर प्रयोजनको लागी) लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोपावरले मंसिर १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।













