प्रतिनिधिसभा चुनावका लागि आज दल दर्ता गर्दै एमाले
प्रतिनिधिसभाको निर्वाचनको लागि दल दर्ता गर्न नेकपा एमाले निर्वाचन आयोग जाँदैछ ।
दल दर्ताका लागि आज दिउँसो निर्वाचन आयोगमा निवेदन दिन लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताए।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।













