एलजीको एलजी एआई टीभी नेपालमा सार्वजनिक
काठमाडौं । एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टीभी नेपालमा सार्वजनिक गरेको छ ।
‘एफेक्सोनेट इन्टेलिजेन्स’ को दर्शनमा आधारित र एलजी को अत्याधुनिक (अल्फा) एआई प्रोसेसर जेन२ द्वारा संचालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्ने कम्पनीले जनाएको छ।
नयाँ एलजी एआई टीभी ले रियल टाइम मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म-यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्ने कम्पनीले जनाएको छ।
स्मार्ट जीवनका लागि अत्याधुनिक एआई फिचरहरू:
नयाँ एलजी एआई टीभी सिरिज ले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट एआईमा आधारित विशेषताहरू प्रस्तुत गर्दछ:
एआई च्याटबोट – प्राकृतिक संवादमार्फत छिटो सहायता
एआई कन्सियर्ज – तपाईंका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव
एआई पिक्चर विजार्ड – दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन
एआई साउन्ड विजार्ड – घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ
एआई सर्च – छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली
एआई भ्वाइस आईडी -प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन
यी फिचरहरूले स्मार्ट टिभीको धारणा नै बदल्दै, घरमा इम्पाथेटिक, एडेप्टिभ र इन्टुटिभ अनुभव प्रदान गर्दछ।
एलजी एआई टीभी नेपालमा एलजी ओएलईडी ईभो एआई, एलजी क्यूएनईडी एआई, एलजी नानोसेल एआई र एलजी यूएचडी एआई गरी चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछ।
प्रत्येक मोडेलमा एलजी को अत्याधुनिक एआई क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिज उपलब्ध छन्, जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ।
मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड
‘एलजी एआई टीभी को आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं। यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरुसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,’ एलजी मार्केटिङ र ब्राण्ड प्रमुख मुकेश कुमार बैठाले भने ।
‘हामी नेपालमा विश्वस्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौं र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ,’ उनले थपे ।
नयाँ एलजी एआई टीभी सिरिज अहिले नेपालभर रहेका सबै आधिकारिक एलजी शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकको शोरूममा गई प्रत्यक्ष डेमो तथा एआई फिचरहरूको अनुभव लिन सक्नेछन्।













